images
images

सेयर बजारमा करेक्सन : नेप्से ८.१८ अङ्कले घट्यो, कारोबार रकममा पनि गिरावट

सेयर बजारमा करेक्सन : नेप्से ८.१८ अङ्कले घट्यो, कारोबार रकममा पनि गिरावट

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • सेयर बजारमा करेक्सन : नेप्से ८.१८ अङ्कले घट्यो, कारोबार रकममा पनि गिरावट

    काठमाडौँ / सोमबार कारोबार रकममा रेकर्ड बनाउँदै २ हजार ९ सय ३१.६५ बिन्दुमा उक्लिएको सेयर बजारमा मङ्गलबार करेक्सन देखिएको छ । बजारमा नाफा बुक गर्नेहरू हाबी यो दिन नेप्से परिसूचक ८.१८ अङ्क अर्थात ०.२७ प्रतिशतले घटेर २ हजार ९ सय २३.४६ बिन्दुमा झरेको हो । 

    images
    images

    नेप्से घटेसँगै आज सेन्सेटिभ इन्डेक्स १.३२ अंकले घटेर ५११.१५ बिन्दुमा झरेको छ भने फ्ल्ट इन्डेक्स ०.४३ अंकले घटेर २००.२८ बिन्दुमा झरेको छ । यसैगरी आज सेन्सेटिभ फ्लट इन्डेक्स ०.५७ अंकले घटेर १६७.६६ बिन्दुमा झरेको छ ।

    यो दिन ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढ्ने अनुमानले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा हुँदा आज नेप्से सामान्य अंकले घटेको भए पनि कारोबार रकम भने बढ्न सकेन । सोमबार २७ अर्ब २४ करोड रुपैयाँबढीको सेयर खरिद बिक्री भएको बजारमा आज नाफा बुक गर्नेहरू हाबी हुँदा पनि कारोबार रकम भने बढ्न सकेन । 

    मङ्गलबार मातृभूमि लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरको सेयर मूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको छ । 

    त्यस्तै, गुडवील फाइनान्सको सेयर मूल्य पनि सर्किट लेभल अर्थात ९.९९ प्रतिशतले बढेको छ भने सर्वाधिक सेयर कारोबार भएको नेपाल फाइनान्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ७.११ प्रतिशतले घटेको हो । 

    लगानीकर्ताहरूले अत्याधिक मात्रामा सेयर सेल गरेको नेपाल फाइनान्स कारोबार रकममा शीर्ष स्थानमा रहेको छ । आजको कारोबार रकममा ८१ करोड ९९ लाख ४० हजार रुपैयाँभन्दा बढी नेपाल फाइनान्सको हिस्सा रहेको छ भने हिमालयन रिइन्स्योरेन्सका हिस्सा ६८ करोड २१ लाख रुपैयाँ र शिवम् सिमेन्टको ४४ करोड ४२ लाख ८८ हजार रुपैयाँ बढीको हिस्सा रहेको छ । 

    मङ्गलबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक, लघुवित्त, निर्जीबन बीमा, विकास बैंक, हाइड्रो पावरलगायतका परिसूचकमा गिरावट आएपछि नेप्सेको उकालो यात्रामा ब्रेक लागेको देखिन्छ ।

    यद्यपि, आज वित्त समूहको परिसूचक सबैभन्दा बढी १.५७ प्रतिशत, जीवन बीमाको ०.५४ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ०.४५ प्रतिशतले बढेको छ । साथै, व्यापार र लगानी समूहको परिसूचक पनि सामान्य बढेको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार