images
images

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब ६६ करोड माथि, कसले कति कमाए ?

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब ६६ करोड माथि, कसले कति कमाए ?

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब ६६ करोड माथि, कसले कति कमाए ?

    काठमाडौँ / यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको ४ अंकले घटेको छ । 

    images
    images

    साताको अन्तिम कारोबार बिहिबारको दिन भएतापनि भोलि बिहीबार संविधान दिवसका कारण परेको सार्वजनिक विदाले कारोबार बन्द रहनेछ । अब आइतबार मात्रै कारोबार खुल्ने छ ।


    अघिल्लो दिनको तुलनामा आज बुधबार नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ४ अंकले घटेपछि २५७६.७६ विन्दु कायम भएको छ ।

    आज बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । आज ७४ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो ।

    यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटेको छ । 

    कालिका लघुवित्तका लगानीकर्ताले कमाए सार्वधीक

    यसदिन कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १२४ रूपैयाँ कायम भएको छ। यसैगरी, स्वरोजगार लघुवित्तको मूल्य ७.९२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९० रूपैयाँ पुगेको छ।

    जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाए सार्वधीक

    यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक ७।६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५६५ रूपैयाँमा झरेको छ। गुडविल फाइनान्सको मूल्य ६.७७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८८१ रूपैयाँ कायम भएको छ।

    सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार

    बुधबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९९९ रूपैयाँमा २० करोड ५८ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २।४६ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३६५ रूपैयाँ ९० पैसामा १६ करोड ९८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार