काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे शेयर मूल्य समायोजन भएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ४ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ९१८.३७ रुपैयाँ कायम भएको छ ।
नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९५५.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बुधवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।