images
images

काठमाडौँ–भियतनाम दुई चार्टर्ड उडान हुँदै

काठमाडौँ–भियतनाम दुई चार्टर्ड उडान हुँदै

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • काठमाडौँ–भियतनाम दुई चार्टर्ड उडान हुँदै

    काठमाडौँ / काठमाडौँ-भियतनाम दुई चार्टर्ड उडान हुने भएको छ । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको जानकारी गराएको छ ।

    images
    images
    images
    images

    यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन । सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागिएको हो ।

    नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यसअघि पनि चार्टर उडान गरिएका थिए । यस वर्ष दशैं लगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्न लागेको कम्पनीले जनाएको छ ।

    आगामी दशैंको टिकालगत्तै ३० असोज अर्थात् १६ अक्टोबरदेखि ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो ।

    भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको कम्पनीले जनाएको छ ।

    नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने भएको छ ।

    नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।

    भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरिएको छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार