[ तस्वीरहरु ] आकाशबाट  देखिएको मनमोहक इन्द्र सरोवर ताल

[ तस्वीरहरु ] आकाशबाट  देखिएको मनमोहक इन्द्र सरोवर ताल

आइतवार, चैत १७ २०८१
आइतवार, चैत १७ २०८१
  • images
    images
    [ तस्वीरहरु ] आकाशबाट  देखिएको मनमोहक इन्द्र सरोवर ताल

    नेपालकै सबैभन्दा ठूलो कृत्रिम ताल इन्द्र सरोवर ताल नेपालको मकवानपुर जिल्लामा अवस्थित एक सुन्दर कृत्रिम ताल हो। 

    इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल काठमाडौं उपत्यकाबाट करिब ४५ किलोमिटर दक्षिण–पश्चिममा कुलेखानी क्षेत्रमा पर्छ।

    इन्द्र सरोवर ताल कुलेखानी जलविद्युत् आयोजना निर्माण गर्दा बनेको हो। सन् १९८२ मा यो जलाशय निर्माण गरी कुलेखानी जलविद्युत् आयोजना–१ को लागि पानी संकलन गर्ने उद्देश्य राखिएको थियो। तालको मुख्य स्रोत आसपासका नदीहरू, खोल्साहरू तथा बर्खाको वर्षा पानी हो।

    समुद्री सतहबाट करिब १,५०० मिटर उचाइमा रहेको छ। यो ताल ७ किलोमिटर लम्बाइमा फैलिएको छ। पानीको गहिराइ करिब ११५ मिटर रहेको छ।

    पर्यटकीय महत्त्व
    इन्द्र सरोवर ताल प्राकृतिक सौन्दर्य, हरियाली वन, स्वच्छ हावा र शान्त वातावरणको लागि प्रसिद्ध छ। यहाँ पर्यटकहरू डुंगा सयर, माछा मार्ने, फोटोशूट, क्याम्पिङ र हाइकिङका लागि आउँछन्। तालमा डुंगा चलाउँदै प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।
    यहाँ ताजा माछा पाइन्छ, विशेष गरी रहू, नैनी र सिल्वर कार्प अदि माछाहरु पाइन्छन् ।

    हाइकिङ र ट्रेकिङः  कुलेखानी आसपासका गाउँहरू (मार्खु, चित्लाङ, चित्ले) हाइकिङका लागि लोकप्रिय छन्। तालको वरिपरि चितुवा, बनभालु, थुप्रै चरा जातिहरू देख्न सकिन्छ।


    यात्रा गर्ने उपयुक्त समय:
    इन्द्र सरोवर ताल भ्रमणको लागि असोजदेखि चैतसम्म सबैभन्दा राम्रो समय मानिन्छ। गर्मी मौसममा हरियाली वातावरण र जाडो मौसममा स्वच्छ दृश्य अवलोकन गर्न सकिन्छ।

    इन्द्र सरोवर ताल जाने उपायहरू
    सवारीसाधनः काठमाडौंबाट थानकोट–दामन सडक हुँदै निजी गाडी, मोटरसाइकल वा सार्वजनिक बसमा जान सकिन्छ। यस्तै पैदल यात्राको लागि चित्लाङ हुँदै कुलेखानी पुग्न हाइकिङ गर्न सकिन्छ।

    इन्द्र सरोवर ताल केवल जलविद्युत् आयोजनासँग सम्बन्धित मात्र नभई नेपालको पर्यटन र प्राकृतिक सौन्दर्यको महत्वपूर्ण गन्तव्य पनि हो। 

    प्रकृतिप्रेमीहरूका लागि यो ताल एक उत्कृष्ट स्थल हो, जसले शहरको कोलाहलबाट शान्त वातावरणमा रमाउने अवसर प्रदान गर्छ।

    तस्विरः टार्जन लिम्बु 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय