images
images

टेलिकमले एक बर्षमा कमायो ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ, किन घट्यो मुनाफा ?

टेलिकमले एक बर्षमा कमायो ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ, किन घट्यो मुनाफा ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • टेलिकमले एक बर्षमा कमायो ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ, किन घट्यो मुनाफा ?

    काठमाडौँ / सरकारको पूर्ण स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिमले आर्थिक बर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार टेलिकमले एक बर्षमा ६ अर्ब ६१ करोड ७७ लाख ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

    images
    images
    images
    images

    उक्त रकम अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार अर्थात १६.४४ प्रतिशतले कम हो । आघिल्लो आवमा कम्पनीले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

    त्यस्तै, समीक्षा अवधिको कर अवधिको मुनाफा ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको टेलिकमले जनाएको छ । उक्त रकम अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आवको तुलनामा यस्तो मुनाफा ४६ करोड २७ लाख ५७ हजार अर्थात ३.९१ प्रतिशत कम हो ।

    यसैगरी समीक्षा अवधिमा टेलिकमको कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको देखिन्छ । उक्त रकम अघिल्लो आवको कूल आय ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजारको तुलनामा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कम हो । 

    त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ३४ अर्व ४६ करोड ११ लाख ३५ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ रहेको थियो । जुन समीक्षा अवधिमा १ अर्ब ८१ करोड ३ लाख १५ हजार अर्थात ४.९९ प्रतिशतले घटेको हो ।

    कम्पनीको प्रतिसेयर आम्दानी भने ३६ रुपैयाँ ७७ पैसा रहेको छ । 

    कम्पनीका अनुसार राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरू यस्तो छ

    ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा अघिल्लो आवको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी हुनु । साथै ओटिटि सेवाले कम्पनीको समग्र भ्वाइस÷एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पर्नु । 

    बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतमा बृद्धि हुनु । 

    सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर पर्नु । 

    सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको ।
    कम्पनीले जिएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड ७३ लाखले कमी भएको ।

    कम्पनीले योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत डिफाइन्ड बेनिफिट अब्लिगेसन को लागि राखिएको डिफाइन्ड बेनिफिट एसेस्ट मा चालु आवमा ४ अर्ब ८५ करोड रुपैयाँ रकम छुट्टाई नेपाल लेखामान १९ इम्प्लाइ बेनिफिट अनुसार Actuarial Valuation गराई खर्च लेखाङ्कन गरेको ।

    कम्पनीले जिएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्ब रुपैयाँको भुक्तानी, नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखाङ्कन तथा डिफाइन्ड बेनिफिट एसेस्ट मा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार