images
images

सेवाग्राहीसँग २० हजार घुस लिने यातायात कार्यालयका कम्प्युटर अधिकृत रेग्मी अख्तियारको फन्दामा

सेवाग्राहीसँग २० हजार घुस लिने यातायात कार्यालयका कम्प्युटर अधिकृत रेग्मी अख्तियारको फन्दामा

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • images
    images
    सेवाग्राहीसँग २० हजार घुस लिने यातायात कार्यालयका कम्प्युटर अधिकृत रेग्मी अख्तियारको फन्दामा
    images
    images

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    images
    images

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत  रेग्मीविरुद्ध अख्तियारले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएका अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

    एक सेवाग्राहीको सवारी चालक अनुमति पत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेक लिस्टमा उनी पास भएको जनिएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टमको परीक्षा स्टाटसमा फेल भएको र उक्त विवरण सच्चाउन कम्प्युटर अधिकृत रेग्मीले २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

    आयोगले २० हजार रुपैयाँ विगो कायम गरी बिगो बमोजिम जरिवाना र सजाय मागदाबी लिई मुद्दा दायर गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार