images
images

पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल

पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल
    images
    images
    images
    images

    पोखरा / पर्यटकीय हब पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेको छ । नयाँ बर्षको आगमनसँगै पोखराका पर्यटकीय स्थल र होटलहरु भरिभराउ भएका छन् ।

    २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ ले पोखरा थप चलायमान बनाएको छ । नयाँ बर्षमा घुम्न आउने पर्यटकका लागि लक्षित गरी यहाँका होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएसँगै पर्यटक झुम्मिएका हुन् ।

    यहाँका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

    होटल एशोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले २० औ संस्करणको नव बर्ष फेवा महोत्सवले नेपाली नयाँ वर्षलाई पोखरामा स्वागत गरेको बताए । महोत्सव र नयाँ बर्षका अवसरमा होटलमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिए । पर्यटकहरुलाई प्रकाशन गरेको रेटदरमा २० प्रतिशत छुट छ अन्य संस्थाहरुले १५ वटा प्याकेजहरुको व्यवस्था गरेको पनि उनले जानकारी गराए । 

    उनका अनुसार पञ्चेबाजा, सारङ्गी, रत्यौली, भजनलगायतका कार्यक्रमहरु ५० मिटरको दुरीमा देख्न पाइने व्यवस्था मिलाएको साथै आन्तरिक  र विदेशी पर्यटकहरुले बसाई लम्बाउने प्रयास गरिएको छ । 

    उनले भने,‘२० औँ संस्करणको महोत्सवमा हामीले होटलमा विशेष छुटको व्यवस्था गरेका छौँ । पर्यटकहरुलाई हामीले प्रकाशन गरेको रेटदरमा २० प्रतिशत छुट दिएका छन् । अन्य संस्थाहरुले १५ वटा प्याकेजहरुको व्यवस्था गरेका छन् । लेकसाइडको तीन किलोमिटरभित्र कार्यक्रम गरिरहेका छौं । पञ्चेबाजा, सारङ्गी, रत्यौली, भजनलगायतका कार्यक्रमहरु ५० मिटरको दुरीमा देख्न पाइन्छ । आन्तरिक पर्यटकलगायत विदेशी पर्यटकहरु आउनेक्रम छ । बसाइ लम्बाइरहेका छन् ।’

    त्यस्तै होटल संघ पोखराका कोषाध्यक्ष र नव वर्ष महोत्सवको आर्थिक संयोजक  नेत्र पौडेल पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित होत्सवको आयोजना गरेको जानकारी दिए । साथै पर्यटकहरुलाई लोभ्याएर होटलहरु भर्ने उद्देश्यले पनि समावेश रहेको उनले बताए । पोखरा महानगरले २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइरहेको छ ।

    नयाँ बर्ष र हिमाल आरोहणको समय एकै समय परेकाले पोखराका होटलहरूमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको व्यवसायीहरुको भनाई छ । 

    यो सिजन भारतीय पर्यटक घुम्न आउने समय, अन्नपूर्ण पदयात्रा क्षेत्रमा घुम्न जाने पर्यटक आउने सिजन र विद्यालयको परीक्षा सकिएर छुट्टी भएकाले आन्तरिक पर्यटकको आगमनसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ ।

    पोखराका १ हजार २ सय होटलमा ४० हजार बेड संख्या रहेको होटल संघले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com