images
images

एक बर्षमा स्टार माइक्रो इन्स्योरेन्सले कमायो  करिब १८ लाख नाफा, अन्य सूचक कस्तो ?

एक बर्षमा स्टार माइक्रो इन्स्योरेन्सले कमायो  करिब १८ लाख नाफा, अन्य सूचक कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • एक बर्षमा स्टार माइक्रो इन्स्योरेन्सले कमायो  करिब १८ लाख नाफा, अन्य सूचक कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले करिब १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निर्जीवन लघुबीमा कम्पनीको रूपमा स्थापित भएको एक वर्षमा कम्पनीले उक्त नाफा गरेको हो । एक बर्षको अवधीमा स्टार माइक्रो इन्स्योरेन्सले गत १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको हो । 

    कुल चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको बीमा कोषमा ६४ लाख ९५ हजार रुपैयाँ छ । गत वर्षमा कम्पनीले १ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

    कम्पनीले गत वर्ष बीमितलाई करिब ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यस कम्पनीले कर्जा तथा लगानीबाट गत वर्ष साढे ४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

    प्रतिशेयर आम्दानी ०.३४ रुपैयाँ रहेको यस कम्पनीको गत वर्षको कुल खर्च ५ करोड ६ लाख रुपैयाँमाथि छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार