images
images

बढ्यो अमेरिकी डलर, युरोदेखि रिंग्गिटसम्मको भाउ, कुन देशको मुद्रालाई कति ?

बढ्यो अमेरिकी डलर, युरोदेखि रिंग्गिटसम्मको भाउ, कुन देशको मुद्रालाई कति ?

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • बढ्यो अमेरिकी डलर, युरोदेखि रिंग्गिटसम्मको भाउ, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार आज डलरदेखि युरोसम्मको भाउ बढेको हो । 

    यसअघि एकको खरिदमा १३३ रुपैयाँ ९८ पैसा र बिक्रीमा १३४ रुपैयाँ ५८ पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर आज खरिदमा १३४ रुपैयाँ ३ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६३ पैसा पुगेको छ । 
    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४९ रुपैयाँ २७ पैसा र बिक्री दर १४९ रुपैयाँ ९४ पैसा पुगेको छ । यसअघि भने युरोको भाउ एकको खरिदमा १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको थियो । 

    युके पाउन्ड स्टर्लिङको भाउ पनि बढेर एकको खरिदमा १७५ रुपैयाँ ७६ पैसा र बिक्रीमा १७६ रुपैयाँ ५५ पैसा पुगेको छ । यसअघि भने खरिदमा १७४ रुपैयाँ ६० पैसा र बिक्रीमा १७५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको थियो। 

    अष्ट्रेलियन डलरको भाउ भने सामान्य घटेको छ । यसअघि एकको खरिदमा ९० रुपैयाँ २९ पैसा र बिक्रीमा ९० रुपैयाँ ६९ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ आज खरिदमा ९० रुपैयाँ २४ पैसा र बिक्रीमा ९० रुपैयाँ ६५ पैसा कायम भएको हो । 

    यता, क्यानेडियन डलरको भाउ भने बढेर एकको खरिद दर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०८ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २२ पैसा पुगेको छ। 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ ६१ पैसा र बिक्रीमा ३० रुपैयाँ ७५ पैसा र साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ०३ पैसा र बिक्रीमा १० रुपैयाँ ०७ पैसा तोकिएको छ ।

    Binimaya.JPG 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार