images
images

सेयर बजार १११.९६ अङ्कले घट्दा २२३ कम्पनीको मूल्य घट्यो, कसले कति गुमाए ?

सेयर बजार १११.९६ अङ्कले घट्दा २२३ कम्पनीको मूल्य घट्यो, कसले कति गुमाए ?

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • सेयर बजार १११.९६ अङ्कले घट्दा २२३ कम्पनीको मूल्य घट्यो, कसले कति गुमाए ?

    काठमाडौँ / मंगलबार सेयर बजार परिसूचक नेप्से १११.९६ अङ्कले घटेको छ । बजार खुलेदेखिनै क्रमशः ओरालो लगेको बजार आज अन्तिम समयमा ३.८६ प्रतिशतले घट्दै २ हजार ७८२.६० विन्दुमा झर्न पुगेको हो । 

    images
    images

    नेपाल स्टक एक्सचेज (नेप्से) को अनुसार १११.९६ अङ्ककले नेप्से सूचक घटेको यसदिन २२३ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । 

    यसदिन ३३० वटा कम्पनीको १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ ।

    मंगलबार २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज होटल तथा टुरिजम समूहको उपसूचक झिनो ०.४३ प्रतिशतले बढ्नुबाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ, डभलपमेन्ट बैंक, फाइनान्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ४ प्रतिशतमाथिले घट्दा आज हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ३ प्रतिशतमाथिले घटेका छन् । 

    म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक २ प्रतिशतमाथिले घटेका छन् । आज म्युचुअल फण्डको समूहको उपसूचक भने १.०९ प्रतिशतले घट्न पुगेको छ । 

    तीन कम्पनीको शेयर १० प्रतिशतले बढ्यो, 

    यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

    यता नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ । यस कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर प्रति कित्ता एक हजार ८२७ रूपैयाँमा झरेको छ। रिडी पावरको मूल्य ८.५८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य २४५ रूपैयाँ कायम भएको छ।

    हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार

    मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यस दिन कम्पनीमा ६५ करोड ४२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४५ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३४९ रूपैयाँमा ५१ करोड ७५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार