images
images

नेप्से ५३.६३ अङ्कले घट्दा १० अर्ब ५१ करोड कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

नेप्से ५३.६३ अङ्कले घट्दा १० अर्ब ५१ करोड कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • नेप्से ५३.६३ अङ्कले घट्दा १० अर्ब ५१ करोड कारोबार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन अर्थात आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५३.६३ विन्दुले घटेको छ । 

    images
    images

    आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा ओर्लिएको हो । आज ३१ कम्पनीको सेयर मूल्य बढ्यो भने २०९ कम्पनीको मूल्य घटेको छ । यस्तै, .४ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    आज कुल १३ उपसमुहमध्ये म्युचअल फन्ड मात्र ०.१७ अङ्ककले बढ्यो । अन्य सबै उपसमुहहरु घटे । घट्ने उपसमुहहरुमा होटल तथा पर्यटन, जिवन बिमा, निर्जिवन बिमा र फाइनान्स उपसमुह अघि रहे ।

    होटल तथा पर्यटन २१३.३४ अंक, जिवन बिमा १९४.६८ अंक र निर्जिवन बिमा १६२.५१ अंकले घटेको छ । सुपर माई हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । हिमालयन पावर पार्टनर लिमिटेडको मूल्य ९.८७ प्रतिशतले बढ्यो ।

    कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर किनबेच भए । आज १ लाख ३० हजार ६३२ पटकको सेयर किनबेचबाट १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

    सुपर माइ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो, 

    यसदिन सुपर माइ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५६ रूपैयाँ कायम भएको छ। यसैगरी, हिमालयन पावर पार्टनरको मूल्य ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२३ रूपैयाँ पुगेको छ।

    यस्तै, पिप्ल्स हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेर प्रति कित्ता मूल्य क्रमशः ४०६ रूपैयाँ ८० पैसा र ६१२ रूपैयाँमा झरेको छ।

    थ्री स्टार हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य एक हजार ९९७ रूपैयाँ २० पैसा कायम भएको छ।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने कम्पनी कुन ? 

    आइतबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २३० रूपैयाँमा ५२ करोड ३१ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४१ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८६१ रूपैयाँमा ३३ करोड ४३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार