images
images

होण्डाको मोटरसाइकल तथा स्कुटर किन्दा १० लाख रूपैयाँ जित्न सकिने

होण्डाको मोटरसाइकल तथा स्कुटर किन्दा १० लाख रूपैयाँ जित्न सकिने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • होण्डाको मोटरसाइकल तथा स्कुटर किन्दा १० लाख रूपैयाँ जित्न सकिने
    images
    images

    काठमाडौँ / होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले 'हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार' नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।

    यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सक्नेछन्।

    यसका साथै चुज योर स्किमअन्तर्गत ग्राहकहरूले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा १२ हजार पाँच सय बराबरको ५ वर्षे एएमसी प्याकेज वा 'बाइ १ गेट १ सर्भिसिङ' ७ वर्षसम्म सित्तैमा पाउन सक्ने कम्पनीको दाबी छ। 

    साथै होन्डाको बिग बाइकहरूमा १ लाख रूपैयाँसम्म छुट पनि पाउन सक्नेछन्। यो योजना सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीको भनाइ छ।

    होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ। यो योजना होण्डा इजी फाइनान्समा पनि लागु हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार