images
images

काठमाडौँमा एक सयभन्दा बढी पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरू

काठमाडौँमा एक सयभन्दा बढी पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरू

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • काठमाडौँमा एक सयभन्दा बढी पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरू
    images
    images

    काठमाडौँ / टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा एक सयभन्दा बढी युनिट काठमाडौँमा डेलिभरी गरेको छ।

    पन्च इभीको नाडाको पहिलो दिनमै एक सयभन्दा बढी बुकिङ लिएर बिक्री सुरू भएको थियो।

    पन्च इभीको बुकिङ उत्साहजनक रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए।

    साथै, पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरू भइसकेको छ।टाटा पन्च इभीको सुरुआती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ रहेको कम्पनीको भनाइ छ।

    पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरू– भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्ले रहेको छ।

    पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले जिएनसिएपीमा ५ स्टार सेफ्टी रेटिंग पाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार