images
images

दसैँका लागि कहिले देखि साट्न सकिन्छ सुकिला नोट ?

दसैँका लागि कहिले देखि साट्न सकिन्छ सुकिला नोट ?

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • दसैँका लागि कहिले देखि साट्न सकिन्छ सुकिला नोट ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले यसपालि दसैँका लागि असोज १३ गतेबाट सफा र सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ। 

    १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    यसपालि दसैँका लागि नयाँ नोटको सहटी व्यवस्था भने गरिएको छैन। यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

    यसपालि पनि विगतका वर्षमा झैँ प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका १–१ बन्डल (१०० वटा नोट) गरी १८ हजार ५०० रुपैयाँ सटहीको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । 

    राष्ट्र बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्ने व्यवस्था गएिको छ । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै केन्द्रीय बैंकले यसपटक नयाँ नोट उपलब्ध नगराउने भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार