images
images

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

    काठमाडौँ / लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    लगानी बोर्डले नेपालको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बोर्डको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् ।  

    ज्ञवालीले विष्णु प्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई पछि पारेका हुन् । सिफारिस समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सर्टलिस्टमा परेका पाँच जनासँग अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो । 

    उनीहरूको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण, छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण मंगलबार दिउँसो ३ बजेदेखि भएको थियो ।

    अन्तर्वार्तापछि समितिले सरकारलाई ३ जनाको नाम सिफारिस गरेकामा ज्ञवालीले बाजी मारेका हुन् । ज्ञवालीले प्राधिकरणको सिइओ रहेर सफल कार्यकाल पुरा गरेका थिए ।

    यसअघि बोर्डको सिइओ सुशील भट्ट थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार