images
images

सिएफ मोटो तथा जिहोको दशैं–तिहार अफर, १८ हजारसम्म क्याशब्याक पाइने

सिएफ मोटो तथा जिहोको दशैं–तिहार अफर, १८ हजारसम्म क्याशब्याक पाइने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • सिएफ मोटो तथा जिहोको दशैं–तिहार अफर, १८ हजारसम्म क्याशब्याक पाइने

    काठमाडौँ / विश्वविख्यात मोटरसाइकल ब्रान्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको नेपालको लागि आधिकारीक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं-तिहार योजना सार्वजनिक गरेको छ ।

    images
    images

    हालै सम्पन्न नाडा २०२४ को सर्वाधिक बहु–प्रतीक्षित र सबैभन्दा रुचाइएको सिएफ माेटाेकाे ४५० एमटी बाइकको खरिदमा एलएस २ हेल्मेट निःशुल्क प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

    ४५० एमटीकाे अग्रिम बुकिङ पनि खुला गरिएको छ । यस्तैगरी, सिएफ मोटो अन्तर्गतको २५० एनके तथा ३०० एनकेकाे खरिदमा १८ हजार रुपैयाँसम्मको निःशुल्क एक्सेसोरिजहरू प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

    कम्पनीका अनुसार जिहो स्कुटरमा पनि आकर्षक योजनाहरू राखिएको छ । एइ ४ मोडलको खरिदमा १८ हजार रुपैयाँको क्यासब्याक अफर राखिएको हाे ।

    त्यस्तैगरी, एइ ६ प्लस खरिदमा ३१ लिटर आल्माेनियम स्टोरेज बक्स वा २० हजार नगद छुटमध्ये एक छनौट गर्न सकिने कम्पनीले जनाएकाे छ ।

    साथै एइ ८ को खरिदमा पनि निःशुल्क एक्सेसरिजहरूसँगै १० हजार रुपैयाँको नगद छुट पनि राखिएको छ ।

    यो योजना १ असाेजदेखि २५ कात्तिक २०८१ सम्म रहने छ । यो योजना अवधिभर ग्राहकले सरल फाइनान्सिङ सुविधा तथा उत्कृष्ट मूल्यांकनसहित एक्सचेञ्ज सुविधा पनि पाउने कम्पनीले जनाएकाे छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार