images
images

आइसरले ल्यायो ‘दसैँको हर्ष, आइसरको वर्ष’ योजना, २५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा

आइसरले ल्यायो ‘दसैँको हर्ष, आइसरको वर्ष’ योजना, २५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • आइसरले ल्यायो ‘दसैँको हर्ष, आइसरको वर्ष’ योजना, २५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा

    काठमाडौँ / कमर्सियल भेहिकल आइसरले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै एक अफर घोषणा गरेको छ । 

    images
    images

    ‘दसैको हर्ष, आइसरको वर्ष’ नामक उक्त अफर विभिन्न सुविधाहरू रहेको बतास एमएडब्लुले जनाएको छ । 

    यो योजनाअनुसार आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । 

    योजना मंगलबारदेखि नेपाल देशभर लागू भएको छ ।  ग्राहकहवर्गले आइसरका देशभरिका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् । 

    बतास समूह र मोरङ अटो वर्क्स मिलेर नेपालमा आइसरको क्षितिज फराकिलो काम हुँदै आएको कम्पनीको भनाइ छ । नेपालमा आइसरले ११ शाखाहरु र ४ डिलरमार्फत सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । 

    ग्राहकवर्गले आइसरका ४ पाङ्ग्रे ट्रकदेखि १६ पाङ्ग्राहरू, ५ टनदेखि २५ टन लोडिङ क्षमताका उत्पादनहरू छनोट गर्न सक्नेछन्। साथै आइसरले अत्याधुनिक नाइट बस पनि भित्र्याएको छ । 

    आइसर विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको छ भने यसले भोल्भो र आइसरका संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार