काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ करोड ४२ लाख ७१ हजार ६३८.४० कित्ता शेयर सूचीकृत भएको छ ।
नेप्सेमा भदौ महिनामा ६ कम्पनीको कुल २ करोड ४२ लाख ७१ हजार ६३८.४० कित्ता शेयर सूचीकृत भएको हो ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ , मैलुङ्ग खोला जलविद्युन कम्पनीको,सिईडिबि हाइड्रोपावर र नेपाल रिइन्स्योरेन्स कम्पनीको बोनस शेयर ,हाइड्रोइलेक्ट्रीसिटी र वेष्ट फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको हो ।
कुन कम्पनीको कति ?
सूर्योदय वोमी लघुवित्तको ४६ हजार ७२९ दशमलव ५५ कित्ता एफपीओ सूचीकृत भएको हो । त्यस्तै मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८१ हजार ७६८ दशमलव २४ कित्ता, सिईडिबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र नेपाल रिइन्स्योरेन्स कम्पनीको ६० लाख ८६ हजार ४३३ दशमलव २८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
त्यस्तै हाइड्रोइलेक्ट्रीसिटीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता र वेष्ट फाइनान्सको ३ लाख ५६ हजार ७४ दशमलव ५७ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।