images
images

सरकारको २१ निर्णय : एडिबीसँग २२ अर्बबढी ऋण लिनेदेखि कृषि बीमाको अनुदान दिनेसम्बन्धी निर्देशिका खारेज गर्नेसम्म

सरकारको २१ निर्णय : एडिबीसँग २२ अर्बबढी ऋण लिनेदेखि कृषि बीमाको अनुदान दिनेसम्बन्धी निर्देशिका खारेज गर्नेसम्म

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • सरकारको २१ निर्णय : एडिबीसँग २२ अर्बबढी ऋण लिनेदेखि कृषि बीमाको अनुदान दिनेसम्बन्धी निर्देशिका खारेज गर्नेसम्म

    काठमाडौँ / असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २१ निर्णय गरेको छ । सरकारले सामान्य प्रक्रियाबाट फर्छर्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न समिति बनाउने निर्णय गरेको छ । 

    images
    images

    सरकारले प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो । 

    त्यस्तै, बैठकले कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उपप्रधानमन्त्री एवं अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ । 

    सरकारले काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो)को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर अर्थात करिब २२ अर्ब ८९ करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ । 

    साथै, १५ मिलियन अमेरिकी डलर अर्थात करिब २ अर्ब १ करोड रुपियाँ बराबरको अनुदान सहायता एवं Japan Fund for Prosperous and Resilient Asia and the Pacific बाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर (करिब ४० करोड ३९ लाख रुपियाँ) बराबरको अनुदान सहायता लिने सरकारले निर्णय गरेको छ । 

    यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने सरकारले निर्णय गरेको छ । 

    त्यस्तै, सरकारले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७० खारेज गर्ने सरकारले निर्णय गरेको छ । 

    1.JPG

    2.JPG

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार