images
images

११.५८ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ९ करोड बढीको कारोबार, कुले कति कमाए ?

११.५८ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ९ करोड बढीको कारोबार, कुले कति कमाए ?

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • ११.५८ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ९ करोड बढीको कारोबार, कुले कति कमाए ?

    काठमाडौँ / गत हप्ता शेयर बजार तीन दिन मात्रै कारोबार भएको थियो । उक्त तीन दिनको कारोबारमा एक दिन सिन शेयर बजार हरियो चाँही भएन । 

    images
    images

    तर आज साताको पहिलो कारोबारको दिन अर्थात आइतबार भने सेयर बजार परिसूचक ११.५८ अंकले बढेको छ । आइतबार नेप्से उच्च विन्दु २६४२ सम्म पुगेको थियो । तर, कारोबार बन्द हुँदा परिसूचक २५८८.३५ बिन्दुमा पुगेको छ । 

    आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको मूल्य घटेको छ । भने ११ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन देखिएको छैन । 

    आइतबार कुल ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आइतबार ३२५ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर खरिदबिक्री भयो । 

    सर्वाधिक शेयर खरिद बिक्री हुनेमा सिईडिबि हाइड्रोपावर 

    आज सर्वाधिक शेयर खरिद बिक्री हुनेमा सिईडिबि हाइड्रोपावर रहेको छ । कम्पनी आज २७ करोड ८० लाख २७ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको हो । साथै, एनएलजि इन्स्योरेन्स, नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।

    ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट 

    आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्गे हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

    रावा इनर्जीका लगानीकर्ताले गुमाए सार्वधिक

    सबैभन्दा धेरै घाटा रावा इनर्जी, स्वरोजगार लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्ड लगायत कम्पनीका लगानीकर्ताले बेहोरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार