images
images

‘सेयर बजार विश्लेषकको रुपमा कसैलाई मान्यता दिइएको छैन,यथार्थ बुझेर लगानी गर्नु’

‘सेयर बजार विश्लेषकको रुपमा कसैलाई मान्यता दिइएको छैन,यथार्थ बुझेर लगानी गर्नु’

फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेत गराएको छ ।

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • ‘सेयर बजार विश्लेषकको रुपमा कसैलाई मान्यता दिइएको छैन,यथार्थ बुझेर लगानी गर्नु’

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ ।

    images
    images

    सोमबार सूचना जारी गर्दै नेप्सेले आधिकारिक विश्लेषक कोही नभएकाले सामाजिक सञ्जाल हेरेर लगानी नगर्न अनुरोध गरेको हो । 

    नेप्सेले नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको जनाएको छ । 

    फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेत गराएको छ । 

    ‘फेसबुक, ट्विटर, क्लबहाउस लगायत सामाजिक सञ्जाल वा आम सञ्चार माध्यममा यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाइ लगानी गर्दा जोखिममा पर्न सकिन्छ,’ नेप्सेले भनेको छ, ‘त्यसैले यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।’

    पछिल्लो समय ३ हजार हाराहारीसम्म पुगेको नेप्से परिसूचक सोमबार २५२९ अंकमा झरेको छ । अर्थमन्त्री विष्णु पौडेलको चासोका बाबजुद बजारमा पहिरो जाने क्रम रोकिएको छैन । 

    यो अवस्थामा अहिले सामाजिक सञ्जालहरूमा परिसूचकको भविष्यबारे अनेक विश्लेषण भइरहेको छ । नेप्सेले सूचनामार्फत लगानीकर्ताहरूलाई यथार्थ बुझेर मात्र लगानी सम्बन्धी निर्णय गर्न आग्रह पनि गरेको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार