images
images

दुई महिनाको वैदेशिक व्यापार : २ खर्बको आयात हुँदा निर्यात २५ अर्बको मात्रै, व्यापार घाटा कति ?

दुई महिनाको वैदेशिक व्यापार : २ खर्बको आयात हुँदा निर्यात २५ अर्बको मात्रै, व्यापार घाटा कति ?

दुई महिनाको अवधीमा आयात १.०८ प्रतिशतले घटेको छ भने निर्यात ५.१२ प्रतिशतले घटेको छ ।

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • दुई महिनाको वैदेशिक व्यापार : २ खर्बको आयात हुँदा निर्यात २५ अर्बको मात्रै, व्यापार घाटा कति ?
    images
    images

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा २ खर्ब रुपैयाँको वस्तु  तथा सामान आयात भएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार दुई महिनाको अवधीमा अर्थात साउनदेखि भदौ मसान्तसम्मको अवधीमा वैदेशिक व्यापारमा आयात निर्यात दुबै घटेको हो । यस अवधिमा आयात १.०८ प्रतिशतले घटेको छ भने निर्यात ५.१२ प्रतिशतले घटेको छ ।    

    विभागको तथ्याङ्क अनुसार चालू आवको दुई महिनासम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोहि अवधिमा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।           

    त्यस्तै, यस अवधिमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गत वर्षको यही अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।           

    यस अवधिमा नेपालको व्यापार घाटा १.७८ प्रतिशतले घटेको छ । यस अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ व्यहोरेको छ । गत आवको साहि अवधिमा नेपालले २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ घाटा व्यहोरेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार