images
images

दसैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि, १७ गतेदेखि देशभर रुट परमिट खुला

दसैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि, १७ गतेदेखि देशभर रुट परमिट खुला

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • दसैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि, १७ गतेदेखि देशभर रुट परमिट खुला

    काठमाडौँ / दसैँका लागि अग्रिम टिकट बुकिङ १२ गते (शनिबार)देखि खुला गर्ने सहमति भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले अग्रिम टिक बुकिङ खुलाउने निर्णय गरेको हो । 

    यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात विभागसँगको छलफलअनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको जानकारी दिए ।

    त्यस्तै, अग्रिम टिकट बुकिङ गर्दा सकेसम्म अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने बैठकको निर्णय रहेको छ । 
    सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने, अनाधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री कार्यलाई नियन्त्रण गर्नेलगायतका बैठकको निर्ण छ । 

    यसैगरी बैठकले असोज १७ गतेदेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला हुने भएको छ ।

    मंगलबार यातायात व्यवस्था विभागमा बसेको घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

    यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागु हुने गरी रुट परमिट खुला गरिने छ ।

    यस्तै बैठकले ट्रेलरलगायतका ठुला सवारी साधनहरू असोज १७ गतेदेखि सडकमा रोक लगाउने पनि निर्णय भएको छ । 

    “दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरूलाई सहजिकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोवाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी र नाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गर्ने,” निर्णयमा भनिएको छ ।  

    यस्तै, लामो तथा मध्यम दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनले आफ्नो तोकिएको पालो (क्यु) मा सञ्चालन गर्नुपर्ने छ । क्युमा सञ्चालन नगरी रिजर्भमा जान पाइने छैन ।

    बैठकले खाना/खाजा खुवाउने ठाउँमा भिडभाड नहुने व्यवस्था मिलाउनुपर्ने, सडक मर्मत सम्भार गर्नेलगायतका निर्णयसमेत गरेको छ । 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार