images
images

पाँचौँ दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो ?

पाँचौँ दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो ?

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • पाँचौँ दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो ?

    काठमाडौँ / पाँचौँ दिन आज बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको हो । सुनको भाउले असोज ४ गतेदेखि लगातार बढेर दैनिक नयाँ रकेर्ड बनाइरहेको छ । 

    images
    images
    images
    images

    हिजो मङ्गलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको हो । 

    अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य आकाशिएको छ । यता, चाँदी प्रतितोला ४० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय १५ रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय ४० रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार