images
images

६ दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि, चार अर्ब ८१ करोड बढीको कारोबार हुँदा कसले कति कमाए ?

६ दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि, चार अर्ब ८१ करोड बढीको कारोबार हुँदा कसले कति कमाए ?

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • ६ दिनपछि नेप्सेमा उच्च अंकको वृद्धि, चार अर्ब ८१ करोड बढीको कारोबार हुँदा कसले कति कमाए ?

    काठमाडौँ / सातौं कारोबार दिनमा नेप्से परिसूचकमा उच्च अंकले वृद्धि देखिएको छ।

    images
    images
    images
    images

    यसअघिका दुई दिन लगातारको गिरावटमा ११७.९५ अंकले घटेको नेप्सेले बुधबार ४९.१८ अंक जोडेको छ। अन्तरदिनको कारोबारमा घटेर २४४३ विन्दुसम्म पुगेको नेप्से बजार बन्द हुँदा २५१९.५७ विन्दुमा पुगेको हो।

    बजारले २५ सयको विन्दुमा टेवा खोजिरहेको र निकै लामो समयदेखि बजार घटेकोले बढ्ने प्रयासमा देखिएको हो। मंगलबारसम्म बजार १७ प्रतिशत घटेको थियो। ३००१ विन्दु पुगेको नेप्से बुधबार घटेर २४७० सम्म आएको थियो।

    बुधबार बजार बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार पाँच अर्ब ६८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको हो।

    बजार बढ्दा सामूहिक लगानी कोष बाहेक सबै समूहगत परिसूचकमा सुधार भएको छ। वित्त र जलविद्युत समूहको परिसूचक तीन प्रतिशतभन्दा धेरैले बढेको छ।

    यसदिन तीन सय २७ वटा कम्पनीको कारोबार भएकोमा दुई सय ५० वटाको सेयर मूल्य घटेको छ भने ६२ वटाको मूल्य बढेको छ।

    आज उच्च कारोबार भएका १० कम्पनी

    आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस्तै, अरुणा भ्याली हाइड्रोपावरको १३ करोड ५४ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको १३ करोड ७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ७१ लाख रुपैयाँ र अपी पावरको १२ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

    नेपाल फाइनान्सको ८ करोड ८८ लाख रुपैयाँ, चआईडीसीएलपीको ८ करोड ८६ लाख रुपैयाँ, नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ६ करोड ७३ लाख रुपैयाँ र अपर तामाकोशीको ६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

    ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, न्यादी हाइड्रो, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा जलविद्युत कम्पनी र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    हिमालयन हाइड्रोपावरका लगानीकर्ता गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार