images
images

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, बिहीबार ३२ अंकले घट्दा ४ अर्ब ८४ करोड बढीको कारोबार

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, बिहीबार ३२ अंकले घट्दा ४ अर्ब ८४ करोड बढीको कारोबार

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • एकदिन पनि टिकेन नेप्सेको वृद्धि, बिहीबार ३२ अंकले घट्दा ४ अर्ब ८४ करोड बढीको कारोबार

    काठमाडौँ / बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज बिहीबार भने घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन नै टिक्न नसकेको हो। 

    images
    images
    images
    images

    बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेको नेप्से आज साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार ३२.८१ अंकले ओरालो लागेको हो। यसदिन नेप्से २४८६.७६ विन्दुमा बन्द भएको छ।

    आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा थोरै वृद्धि भएको छ। बुधबार चार अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब ८४ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन करोड रूपैयाँ वृद्धि भएको हो।

    आज ३२२ वटा धितोपत्रको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच भएको हो।बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ। 

    विन नेपाल लघुवित्तको शेयर मूल्य सार्वधिक बढ्यो

    यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ९०० रूपैयाँ कायम भएको छ। यसैगरी, बोटलर्स नेपाल बालाजुको मूल्य ५.०६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १६ हजार रूपैयाँ ९३१ पैसा पुगेको छ।

    ग्रीन भेन्चरको शेयर मूल्य सर्वाधिक घट्यो

    यस्तै, ग्रीन भेन्चरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५३१ रूपैयाँमा झरेको छ। दोर्दी खोला जलविद्युतको मूल्य ७.६९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३९६ रूपैयाँ कायम भएको छ।

    अपी पावरको सर्वाधिक कारोबार

    बिहीबार अपी पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २८४ रूपैयाँ १० पैसामा ४७ करोड ९९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७.४६ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३१५ रूपैयाँमा १७ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार