images
images

रवि लामिछानेलाई आज पनि हिरासतमै राखिने

रवि लामिछानेलाई आज पनि हिरासतमै राखिने

सोमवार, पुस २९ २०८१
सोमवार, पुस २९ २०८१
  • रवि लामिछानेलाई आज पनि हिरासतमै राखिने
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । 

    सोमबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतम पठाउने आदेश दिएका हुन् । मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेका कारण उनी अब सोमबार र मंगलबार हिरासतमै रहनेछन् ।

    आज सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा चलेको बहसमा सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरेका हुन्। 

    जाहेरवालाको पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन्। आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको थियो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबारदेखि पुनः काठमाडौँ प्रहरी परिसरमा हिरासतमा गएका हुन् ।  

    रवि विरुद्ध दायर भएको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेशी परेको छ । यसअघि आइतबार रविको बयान भएको थियो ।

    आइतबार बयान मात्र भएपछि रविलाई प्रहरीको जिम्मा लगाईएको थियो । सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेसहित ११ जना सरकारी वकिलले रविको विरुद्धमा बहस गर्ने छन्। सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्। 

    प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रवि पक्षका वकिललाई सवा घण्टाको समय दिएका छन् ।

    त्यसपछि पुनः सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्। आजै दुवै पक्षको बहस र जवाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश दिनेछन्।रविको पक्षमा बहस गर्न लागेका श्रेष्ठ र पन्त दुवै जना पूर्व महान्यायाधीवक्ता हुन् । यसअघि कास्की जिल्ला अदालतमा पनि रविको पक्षमा नै उनीहरूले बहस गरेका थिए । 

    स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार बिहान आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबार बिहान आफैँ अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरूको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् । 

    कास्कीको सूर्यदर्शन सहकारी ठगीमा भने लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । लामिछानेविरुद्ध संगठित रूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौँमा मुद्दा दायर भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार