images
images

सिद्धार्थ बैंकको दसैँ–तिहार अफर, ग्राहकहरूलाई के–के छ सुविधा ?

सिद्धार्थ बैंकको दसैँ–तिहार अफर, ग्राहकहरूलाई के–के छ सुविधा ?

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • सिद्धार्थ बैंकको दसैँ–तिहार अफर, ग्राहकहरूलाई के–के छ सुविधा ?

    काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाँड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । 

    images
    images
    images
    images

    यस 'Dashain 2X Rewards Offer’ अन्तर्गत, बैंकका ग्राहकहरुले यहि आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो । 

    बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेका खरिद र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिनेछ । 

    यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ । 

    सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

    यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने बिश्वास लिएको छ ।

    यस अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमाफ्र्mत सम्पर्क गर्न सकिनेछ । 

    साथै, बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार