images
images

देशभर बाढी पहिरोको वितण्डा,  एकैपटक उद्धार गर्न सुरक्षाकर्मीलाई सास्ती [तस्बिर]

देशभर बाढी पहिरोको वितण्डा,  एकैपटक उद्धार गर्न सुरक्षाकर्मीलाई सास्ती [तस्बिर]

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • देशभर बाढी पहिरोको वितण्डा,  एकैपटक उद्धार गर्न सुरक्षाकर्मीलाई सास्ती [तस्बिर]

    काठमाडौँ  / बिहीबारदेखि देशभर भएको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुवानका कारण जनधनको ठूलो क्षति भएको छ । 

    images
    images
    images
    images

    बर्षाले काठमाडौँ उपत्यकाको अधिकांश नदी तटीय क्षेत्र जलमग्न भएका छन् भने धेरै स्थान डुबानमा परे । बागमती, विष्णुमती, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । 

    वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेको छ ।अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण एकैपटक हजारौँ मानिस प्रभावित भएपछि सुरक्षाकर्मीलाई उद्दार गर्नसमेत सास्ती परेको देखियो । 

    गृह मन्त्रालयले उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए पनि समयमा उद्दार हुन नसकेको भन्दै केही स्थानमा सरकारको आलोचनासमेत बताए । 

    यद्यपि, उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय सक्रियताका साथ जुटिरहेका छन् । 

    तस्बिरमा हेर्नुस्

    undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

    तस्बिर : नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मी  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार