images
images

हाइड्रोपावर समूहमा बाढीको असर, नेप्से परिसूचक २२.३६ अंकले घट्यो, कारोबार रकम चार अर्बमा सीमित

हाइड्रोपावर समूहमा बाढीको असर, नेप्से परिसूचक २२.३६ अंकले घट्यो, कारोबार रकम चार अर्बमा सीमित

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • हाइड्रोपावर समूहमा बाढीको असर, नेप्से परिसूचक २२.३६ अंकले घट्यो, कारोबार रकम चार अर्बमा सीमित

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन अर्थात आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । नेप्सेको अनुसार आज परिसूचक २२.३६ अंक अर्थात ०.८९ प्रतिशतले घटेर २ हजार ४ सय ६४.४० बिन्दुमा उक्लिएको छ ।

    images
    images
    images
    images

    शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको हो । 

    नेप्सेको अनुसार आज सेन्सेटिभ इन्डेक्स २.५६ अंक अर्थात ०.५७ प्रतिशतले घटेर ४४४.८९ बिन्दुमा पुगेको छ भने फ्लट इन्डेक्स १.५६ अंक अर्थात ०.९० प्रतिशतले घटेर १७०.०३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लट इन्डेक्स भने आज ०.९३ अंक अर्थात ०.६३ प्रतिशतले घटेर १४६.४४ बिन्दु कायम भएको छ । 

    आइतबार प्रि–ओपन सेसनमा २ अंकले घटेर सुरु भएको शेयर बजार खुलेको केही समयमै घट्न थालेको थियो । १२ः१४ सम्म घटेको बजार त्यसपछि भने उकालो लागेको थियो । १ः४५ तिर बजार हरियाली देखिएको भए पनि त्यो हरियाली केही बेर पनि टिकेन । आज नेप्से परिसूचक उच्चतम २ हजार ४९४ विन्दु र न्यूनतम २ हजार ४४४ विन्दु पुगेको थियो ।

    आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि घटेको छ।बिहीबार चार अर्ब ८४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन चार अर्ब पाँच करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७९ करोड रूपैयाँ कमी आएको हो। 

    आज ३२७ वटा धितोपत्रको एक करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच भएको हो। आइतबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज सबै समूह राताम्य

    आइतबार १३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएको छ । आज उत्पादन तथा प्रशोधन समूह १.०७ प्रतिशतले बढेर ६ हजार ७४७.५३ विन्दुमा पुगेको छ ।

    देशभर बाढी पहिरोले जलविद्युत कम्पनीमा क्षति पुराएकाले गर्दा आज सबैभन्दा बढी जलविद्युत समूह सबैभन्दा बढी २.४० प्रतिशतले घटेर २ हजार ९५५.८० विन्दुमा आएको छ । आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेर १२ हजार ५७४.९० विन्दुमा झरेको छ ।

    त्यस्तै, वाणिज्य बैंक ०.७४ प्रतिशतले, विकास बैंक ०.९० प्रतिशतले, फाइनान्स १.८३ प्रतिशतले, होटल एण्ड टुरिजम १.८२ प्रतिशतले, लगानी १.४७ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, लघुवित्त ०.२९ प्रतिशतले, म्युचुअल फण्ड १.२१ प्रतिशतले, निर्जीवन बीमा ०.१७ प्रतिशतले, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह २.९७ प्रतिशतले घटेको छ ।

    विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक बढ्यो 

    यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.५५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार ९० रूपैयाँ कायम भएको छ। यसैगरी, कुमारी सवल योजनाको मूल्य ६.४९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९ रूपैयाँ ०२ पैसा पुगेको छ।

    अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घट्यो

    यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०५ रूपैयाँ ४० पैसामा झरेको छ। अपर हेवाखोला जलविद्युतको मूल्य ९.१७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३५ रूपैयाँ कायम भएको छ।

    एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार

    आइतबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३७५ रूपैयाँमा १५ करोड ९२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.५६ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५७० रूपैयाँमा १५ करोड ०५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार