images
images

सानिमा बैंकले प्राप्त गर्यो आईएसओ २७००१ः२०२२ अवार्ड

सानिमा बैंकले प्राप्त गर्यो आईएसओ २७००१ः२०२२ अवार्ड

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • सानिमा बैंकले प्राप्त गर्यो आईएसओ २७००१ः२०२२ अवार्ड

    काठमाडौँ / सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ अवार्ड पाएको छ । बैंकले  सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि र आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय  सेवाहरूका लागि उक्त अवर्डा पाएको हो ।  

    images
    images
    images
    images

    बैंकले यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा स्वरुप प्राप्त भएको जनाएको छ । यस्तै बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको जनाएको छ ।  

    आइएसओ २७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)लाई मूल्याङ्कन गर्ने गर्दछ । 

    सानिमा बैंकले उत्कृष्ठ वित्तीय सेवाहरू प्रदान गर्दै निरन्तर नवप्रवर्तनलाई बढावा दिँदै आफ्ना ग्राहकहरूको डेटा र सूचनाको सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।  

    बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार