images
images

सङ्कटमा देश : विपद् अघिअघि, सरकार पछिपछि

सङ्कटमा देश : विपद् अघिअघि, सरकार पछिपछि

विपद्मा नेतृत्व देशवाहिर, किन असन्तुष्ट भए सत्ता साझेदार ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • सङ्कटमा देश : विपद् अघिअघि, सरकार पछिपछि

    काठमाडौँ / नेपालीमा एउटा उखान छ ‘विपद् बाजा बजाएर आउँदैन’ । सूचना र प्रविधिको विकासले अब विपद् बाजा बजाएर नआएपछि विपद्को सङ्केत पनि अगाडि नै हुने गर्छ । 

    images
    images
    images
    images

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महासशाखाले बुधबार दिउँसो सूचना जारी गर्दै अत्याधिक बर्षा हुने भन्दै सचेत गराएको थियो । बिहीबारेखि आइतबारसम्म अधिकांश प्रदेशहरूमा अति भारी बर्षा हुने भदै महाशाखाले सावधानी अपनाउन भने पनि सरकार पूर्वतयारीमा चुक्दा देशले ठूलो धनजनको क्षति बेहोरको छ । 

    विभागले कोशी प्रदेशका ११ ओटा जिल्ला, मधेश प्रदेशका तीन ओटा जिल्ला, बागमती प्रदेशका १२ ओटा जिल्ला, गण्डकी प्रदेशको १० ओटा जिल्ला, लुम्बिनी प्रदेशका १२ ओटा जिल्ला, कर्णाली प्रदेशका पाँच ओटा जिल्ला र सुदुरपश्चिको तीन ओटा जिल्ला बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेको जनाएको थियो । 

    देशभरका १९ ओटा जिल्लामा मध्यम जोखिम रहेको सूचनामा उल्लेख रहेको थियो । त्यस्तै, विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ सूचना जारी गर्दै असोज ११ गतेदेखि १३ गतेसम्म देशका अधिकांश नदीहरू र सहायक नदीहरूको जलसतह बढ्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो । 

    यसैगरी, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबार रात्रिकालिन बस नचलाउनसमेत आग्रह गरेको थियो । 

    बिहीबारदेखि आइतबारसम्म भारी बर्षा हुने भन्दै पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजान भनेको थियो । तर, विभागका यी सूचनाहरू सूचनामा मात्रै सीमित भयो । 

    सरकार कानमा तेल हालेर बसेपछि...

    सरोकारवाला अन्य निकायहरूले मौसम पूर्वानुमान महाशाखाको सूचना बेवास्ता गर्यो । संघारमै भएको विपत्तिबाट बच्न जनताले गुहार मागिरहदा कानमा तेल हालेको सरकारले सुन्न सकेन । 

    सरकार आफैँ सरकारी संयन्त्रबाटै जारी सूचना कार्यान्वयन गर्नबाट चुकेको देखिन्छ । यसले सरकार विपद् आउनुअघि गर्ने पूर्वतयारीबाट पछि हटेको पुष्टि गर्छ । 

    यदी, सरकारले यी सूचनाहरू आम सर्वसाधरणमा पुर्याउन र समयमा पूर्व तयारी गर्न गराउन सकेको भए, अहिलेको जस्तो ठूलो क्षति हुने थिएन । असोज ११ देखि हालसम्म बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९३ पुगेको छ । प्रहरीका अनुसार ३१ जना अझै वेपत्ता छन् भने ९६ जना घाइते हुँदा ३ हजार ७५ जनाभन्दा बढीको उद्धार गरिएको छ । 

    यस पटकको विपत्तिमा सबैभन्दा बढी मुलुकको राजधानी काठमाडौँ उपत्यका र आसपासका क्षेत्रले बढी क्षति बेहोर्नुपर्यो । 

    राजधानीमै घण्टौसम्म उद्दारका लागि पर्खिनु पर्यो । काठमाडौँको सीमानामा रहेको रहेको झ्याप्ले खोलामा गएको पहिरोमा तीन ओटा गाडि पुरिदा सरकारले न समयमा सूचना पाउन सक्यो न त समयमा उद्दार नै हुन सक्यो । 

    काठमाडौँ र वरपर घटेका घटनाक्रमले विपद् र उद्दारमा सरकारको कमजोरी उदाङ्गो पारिदिएको छ । ललितपुर महानगरपालिकाभित्र पर्ने नख्खु खोलाको बाढीमा फसेका चार जनाको समयमै उद्दार हुन सकेन । गुहार मागिरहेकाहरू जनताको आवाज नजिकै रहेको सरकारको कानसम्म घण्टौँसम्म पुग्न सकेन । अन्ततः तीन जनाको उद्दार गरिए पनि एक जना अझै वेपत्ता छन् । यसपटक राजधानीमै आइपरेको विपत्तिले विपद्मा सरकारको तयारी शून्य रहेको कुरा मात्रै पुष्टि गर्दैन गैरजिम्मेवार र लाचारीपन पनि देखाएको छ । 

    विपद्मा नेतृत्व देशवाहिर, किन असन्तुष्ट भए सत्ता साझेदार ?

    मौसम विभागले सूचना निकालेर विपद्बाट बच्न सचेत गराइरहदा मुलुकको विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल शुक्रबार बेलायत प्रस्थान गरे । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल चीन भ्रमणमा थिए भने प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका थिए । 

    मुलुकमा ठूलो जनधनको क्षति हुँदा पनि देशको नेतृत्व सम्हालेका प्रधानमन्त्री ओलीले फर्किन हतारो देखाएनन् । देश विपत्तिमा परेको बेला पनि प्रधानमन्त्री निच मारेर बसिरहे । भ्रमण छोट्याउनसमेत आवश्यक ठानेनन् । उनी आज साझ स्वदेश फर्कदै छन् । 

    विपद्मा नेपाली नागरिकले अभिभावक छन् भन्ने महसुससमेत गर्न सकेनन् । देश र देशबासी सङ्कटमा परेको समयमा सरकार छ भन्ने अनुभूति गर्न गर्न नसकेका जनताहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन् । 

    सर्वसाधारण मात्रै होइन कांग्रेसकै नेता प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको समयमै उनकै पार्टीले सरकारको कामप्रति प्रश्न उठाएको छ ।

    प्राकृतिक विपद्सँग जुध्नका लागि सरकारले आवश्यक पूर्वतयारी नगरेको भन्दै सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले समेत असन्तुष्टि जनाएको छ । 
    यता, नेपाली कांग्रेसकै नेता शेखर कोइरालाले पनि विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन रहेको भन्दै आलोचना गरे । राजधानीमै हेर्दाहेर्दे र देख्दादेख्दै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको उनको आरोप छ ।  

    नेकपा (माओवादी केन्द्र)का उपहासचिव शक्तिबहादुर बस्नेत विपद्बाट प्रभावितहरूको खोज तथा उद्दारमा सरकार गम्भीर नभएको बताउँछन् । मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भए पनि सरकार पूर्व तयारीमा चुकेको उनको भनाई छ । 

    पूर्वतयारीमा लोभी सरकार राहत बाड्न निस्कन्छ 

    कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार दिउँसो बोलाएको सर्वदलीय बैठकले ९ बुँदे निर्णय गरेको छ । जसमा उद्धार, खोजी, पूर्वाधार निर्माणदेखि राहत वितरणसम्म छ । विपद्अघि पूर्वतयारीमा खर्च गर्न नसक्ने सरकार विपद्पछि भने राहत बाड्न निस्कन्छ । 

    आइतबार बसेको सर्वदलीय बैठकले यतिबेला बाढी, पहिरोमा परी प्रभावित र घाइते भएकाहरूलाई तत्काल उद्दार गरी उचित बासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो । 

    देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

    विपद्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशैं, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्यासलगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलैसँग प्राप्त गर्नसक्ने व्यवस्था मिलाउने सरकारको निर्णय रहेको उनले जानकारी दिए । 

    बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल समेत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए । 

    मानवीयसँगै भौतिक क्षति उच्च 

    बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा कति क्षति भयो भन्ने तथ्याङ्क आइसकेको छैन । 

    काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग काठमाडौँ–मुग्लिङ आइतबार राति मात्रै खुल्यो । अर्को प्रमुख बीपी राजमार्ग भने अझै अवरुद्ध नै छ । 

    यसपटकको बाढी पहिरोले मानवीयसँगै सबैभन्दा ठूलो क्षति पूर्वाधारमा पुर्याएको छ । हालसम्म देशभर कति क्षति भयो भन्ने तथ्याङ्क एकिन छैन ।
    जलविद्युत क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    गत बर्ष १० अर्ब बढीको क्षति बेहोरेको उर्जा क्षेत्र यस बर्ष बच्न सकेन । सबैभन्दा ठूलो क्षति माथिल्लो तामकोशीलगायतको आयोजनामा पुगेको भए पनि यथार्थ विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । जलविद्युत आयोजनामा भौतिक क्षति मात्रै नभई मानवीय क्षति पनि भएको छ भने शिक्षा क्षेत्रमा पनि क्षति पुगेको देखिन्छ । बाढी पहिरोले ५३ विद्यालयमा क्षति पुग्दा ६ जना विद्यार्थीको मृत्यु भएको बताइएको छ । 

    बाढी र पहिराले करिब ३ सय भन्दा बढी घर र १६ ओटा पुलमा क्षति पुगेको बताइएको छ । हालसम्म सिस्नेरी सडक खड, बल्खु फर्पिङ सडक खण्ड, पृथ्वी राजमार्ग, लेले, टिकाभैरव जाने बाटो, राके भेडेटार सडक खण्ड, कान्ती लोकपथ, भिमफेदी, कुलेखानी फाखेल, काठमाडौँ सडक, विपी राजमार्ग, कुलेखानी मार्फु सडकखण्ड, सिस्नेरी दक्षिणकाली सडक खण्ड, मध्यपहाडी लोकमार्ग, पृथ्वी लोकमार्ग, बाह्रबिसे–तातोपानी सडकखण्ड, रामेछाप–सिन्धुली सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार