images
images

एटो-३ र डल्फिन किन्ने ग्राहकलाई बिवाइडीको ‘बडा चाड’ अफर

एटो-३ र डल्फिन किन्ने ग्राहकलाई बिवाइडीको ‘बडा चाड’ अफर

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • एटो-३ र डल्फिन किन्ने ग्राहकलाई बिवाइडीको ‘बडा चाड’ अफर

    काठमाडौँ / बिवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले चाडपर्व लक्षित ‘बडा चाड’ अफर सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने दुई मोडल एटो-३ र डल्फिन किन्ने ग्राहकलाई तीन कुरा अफरसहित यस्तो योजना सार्वजनिक गरेको हो । 

    यस अफर अन्तर्गत एटो–३ र डल्फिन खरिदमा एक वर्षको बीमा, भेहिकल टु लोड केवल र २.३ किलोवाटको ट्राभल चार्जर पाइनेछ । यस अफरअन्तर्गत कम्पनीले नगद छुटको अफर भने दिएको छैन । 

    बिवाइडी ग्लोबलले नेपालको अटो बजार प्राथमिकतामा परेको जनाएको छ । बिवाइडीले हालसम्म ९० लाख गाडीको माइलस्टोन पार गरिसकेको छ । कम्पनीले गएको ३ महिनामा मात्रै १० लाख गाडी उत्पादन गरेको थियो । 

    बिवाइडीका डल्फीन र एटो–३ दुबै नेपाली बजारमा लोकप्रिय मोडलहरू हुन् । 

    हाल डल्फीन ह्याचव्याकको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ भने एटो-३ को मूल्य एड्भान्स मोडलको ५६ लाख ९० हजार र सुपेरियर मोडलको ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार