images
images

पूजा कन्स्ट्रक्सन र रिलायन्स फाइनान्सबीच सम्झौता : जोयलङ र एसआरएम ब्रान्डका इभी गाडी किन्न सहजै कर्जा

पूजा कन्स्ट्रक्सन र रिलायन्स फाइनान्सबीच सम्झौता : जोयलङ र एसआरएम ब्रान्डका इभी गाडी किन्न सहजै कर्जा

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • पूजा कन्स्ट्रक्सन र रिलायन्स फाइनान्सबीच सम्झौता : जोयलङ र एसआरएम ब्रान्डका इभी गाडी किन्न सहजै कर्जा

    काठमाडौँ / जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ । 

    images
    images
    images
    images

    यी गाडीका ग्राहकलाई सरल रूपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

    सम्झौताअन्तर्गत यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई रिलायन्सले सजिलैसँग ७० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ । 

    फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्श समेत दिनेछ ।

    सम्झौतामा पूजा कन्स्ट्रक्सन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

    यो सहकार्यले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकलाई थप सुविधा हुने र नेपाली बजारमा गाडी खरीद गर्न चाहने ग्राहकको आकांक्षा पूरा हुने अपेक्षा गरिएको छ ।

    ७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने छ । 

    हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौं उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यकाबाहिरको हकमा सबै शाखाबाट लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

    पूजा कन्स्ट्रक्सन प्रालि नेपालको प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुप अन्तर्गतको कम्पनी हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार