images
Logo
images
images
images

नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धनबारे समझदारी

नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धनबारे समझदारी

शनिवार, असोज १९ २०८१
शनिवार, असोज १९ २०८१
  • नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धनबारे समझदारी

    काठमाडौँ / नेपाल र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धन सम्वन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबीच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो । 

    images
    images
    images
    images

    कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरूसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे । 

    भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्वीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रर्वद्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए । 

    कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उनले भियतनामका प्रतिनिधिसमक्ष आग्रह गरे । 

    अध्यक्ष अग्रवालले भने, “नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध छ ।”

    नेपालको कृषि विकासमा सहयोग एवं खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने उद्देश्यले भियतनामसँग सहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ । 

    चेम्बर पदाधिकारीसंगको भेटवार्तामा भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनका अध्यक्ष ट्रान अन्ह तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफुलाई निकै लोभ्याएको बताए । 

    नेपालसंग सहकार्य गर्न आफुहरु तयार रहेको र लगानीका क्षेत्रहरु खोज्नुपर्नेमा उनले जोड दिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार