images
Logo
images
images
images

रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी

    काठमाडौं/  भारतमा सम्पन्न –याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयी बनेका छन् । 

    images
    images
    images
    images

    रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) ले बधाई ज्ञापन गरेको छ । 


    प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना भएको –याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । 

    यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ। 


    भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । 

    सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।
    एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै (याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । 

    राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए । 

    विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । 
    सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ । 

    अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ।

     नेपालको प्रतिनिधित्व मात्र नभई विजेता समेत बनेर सफलताका साथ समापना भएको सो इभेन्टले देशमा मोटर स्पोर्ट्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्ने महत्वपूर्ण चरणलाई दर्शाउछ । 

    र्याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ। 

    इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।

    सफलता पश्चात दीपक साहले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुस गरेका बताएका छन् । 

    रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू–भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु’ उनले भने । 

    दीपक साहले सुरुदेखि नै रोयल इन्फिल्ड मोटरसाइकल चढ्दै आएका छन् । 


    रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त मानिन्छ । 

    यस्तै ४११ सीसी इन्जिनले अफरोड अवस्था, लामो दूरीको यात्रा र उच्च उचाईहरूलाई सजिलैसँग पार गर्न सक्षम रहेको कम्पनीको दावी छ । 

    हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी मानिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार