images
images

मौसम : आगामी शुक्रबारसम्म कुन कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्ग बर्षाको सम्भावना ?

मौसम : आगामी शुक्रबारसम्म कुन कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्ग बर्षाको सम्भावना ?

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • मौसम : आगामी शुक्रबारसम्म कुन कुन प्रदेशमा छ मेघगर्जन र चट्याङ्ग बर्षाको सम्भावना ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

    साथै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    बुधबार कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा बदली हुनेछ भने कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बिहीबार कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा बदली हुने र कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    बिहीबार राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार कोशी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार