images
images

जय अम्बे स्टिल्सले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल नियुक्त

जय अम्बे स्टिल्सले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल नियुक्त

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • जय अम्बे स्टिल्सले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल नियुक्त
     
    काठमाडौँ / नेपालको सबैभन्दा आधुनिक स्टील उद्योग जय अम्बे स्टिल्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीको साधारणसभाबाट सर्वसाधारणहरूका लागि आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित भएसँगै कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको तयारी सुरु गरेको हो ।
     
    सार्वजनिक निष्काशनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यवसायिक समूहहरूमध्ये एक हो जसको वार्षिक कारोबार ४००० करोड भन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो ।
     
    शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रहि २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्स लिमिटेडको उत्पादन क्षमता प्रतिदिन एक हजार टन रहेको छ ।
     
    ‘अम्बे’ ब्रान्ड अन्तर्गत, क्षेत्रको ८० प्रतिशत बजारलाई आपूर्ति गरी यो पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्ला, नेपालगंजमा रहेको र उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।
     
    जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ र यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा मुहत्वपूर्ण योगदान पु¥याएको छ भने स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ ।
     
    उक्त सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारीक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार