images
images

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति, मर्मत सम्भारका लागि ८ करोड निकासा

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति, मर्मत सम्भारका लागि ८ करोड निकासा

बुधवार, असोज २३ २०८१
बुधवार, असोज २३ २०८१
  • बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति, मर्मत सम्भारका लागि ८ करोड निकासा
    images
    images

    महेन्द्रनगर (धनुषा) / हालैको बाढीबाट मधेस प्रदेशमा  रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । 

    यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो । सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु ९ करोड ५० लाखको क्षति भएको छ । 

    यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका  खोलाको बाढीले रु ९ करोड २५ लाख, बारामा रु ८ करोड ५० लाख, सिरहामा रु ७ करोड ९० लाख, महोत्तरीमा ७ करोड ५० लाख र पर्सामा रु ५ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

    बढीबाट क्षति भएका संरचनाको मर्मत सम्भारका लागि प्रदेश सरकारले ८ करोड निकासा गरेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार