images
images

दसैँ लगत्तै राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको वित्तीय स्थिति, कस्तो छ वर्तमान अवस्था ? [पूर्णपाठसहित]

दसैँ लगत्तै राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको वित्तीय स्थिति, कस्तो छ वर्तमान अवस्था ? [पूर्णपाठसहित]

चालु आर्थिक बर्षको दुई महिनामा आयात १.१ प्रतिशतले बढ्दा निर्यात भने ५.१ प्रतिशतले घटेको छ ।

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • दसैँ लगत्तै राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको वित्तीय स्थिति, कस्तो छ वर्तमान अवस्था ? [पूर्णपाठसहित]

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले दसैँ बिदा सकिए लगत्तै देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । मङ्गलबार वित्तीय अवस्था सार्वजनिक गर्दै केन्द्रीय बैंकले मूल्यबृद्धि ३.८५ प्रतिशत रहेको जनाएको छ ।

    images
    images
    images
    images

    चालु आर्थिक बर्षको दुई महिनामा आयात १.१ प्रतिशतले बढ्दा निर्यात भने ५.१ प्रतिशतले घटेको छ । 

    आयात बृद्धि हुनु तर, निर्यातमा भने भारी गिरावट आएको तथ्याङ्कले देखाएको छ । यसले व्यापार घाटा बढाउने तथा मुलुकको सञ्चिती घट्न पुग्छ ।

    त्यस्तै, विप्रेषण आप्रवाह अर्थात रेमिट्यान्स भने १५.२ प्रतिशतले बृद्धि भएको देखिन्छ भने शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा छ ।

    तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ ।

    नेपाल सरकारको खर्च १ खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन १ खर्ब ६६ अर्ब ३९ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।

    विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको तथ्याङ्मा उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको हो ।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०.५ प्रतिशतले बृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

    वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।

    हेर्नुस् पूर्णपाठसहित 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार