images
images

भदौमा मूल्यबृद्धि ३.८५ प्रतिशत, दाल, गेडागुडी, खाद्यान्न, तरकारीदेखि फलफूलसम्मको भाउ बढ्दा सस्तियो मरमसला

भदौमा मूल्यबृद्धि ३.८५ प्रतिशत, दाल, गेडागुडी, खाद्यान्न, तरकारीदेखि फलफूलसम्मको भाउ बढ्दा सस्तियो मरमसला

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • भदौमा मूल्यबृद्धि ३.८५ प्रतिशत, दाल, गेडागुडी, खाद्यान्न, तरकारीदेखि फलफूलसम्मको भाउ बढ्दा सस्तियो मरमसला

    काठमाडौँ / नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ महिनामा मूल्य बृद्धि ३.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो । 

    images
    images
    images
    images

    केन्द्रीय बैंकको तथ्याङ्क अनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडीको भाउ सबैभन्दा बढी बृद्धि भएको छ । बार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क अनुसार दाल तथा गेडागुडीको मूल्य १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.९४ प्रतिशत र फलफूलको भाउ ४.९४ प्रतिशतले बढेको हो । 
    त्यस्तै, मरमसलाको भाउ भने २.६९ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिको तथ्याङ्कमा उल्लेख छ । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ राष्ट्र बैंकले जनाएको छ । 

    बिमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।

    समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ ।

    भदौमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ । २०८० भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो ।

    थोक मुद्रास्फीति

    भदौ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.३९ प्रतिशत, ३.५६ प्रतिशत र २.७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२२ प्रतिशतले घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार