images
images

आयात बढ्दा निर्यातमा उच्च गिरावट, दुई महिनामै व्यापार घाटा २३७ अर्ब ४५ करोड नाघ्यो

आयात बढ्दा निर्यातमा उच्च गिरावट, दुई महिनामै व्यापार घाटा २३७ अर्ब ४५ करोड नाघ्यो

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • आयात बढ्दा निर्यातमा उच्च गिरावट, दुई महिनामै व्यापार घाटा २३७ अर्ब ४५ करोड नाघ्यो

    काठमाडौँ / चालु आर्थिक बर्षको दुई महिना अर्थात साउन र भदौ महिनामा व्यापार घाटा १.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ४.७ प्रतिशतले कमि आएको व्यापार घाटा यस बर्ष भने बढेको हो । 

    images
    images
    images
    images

    आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २३७ अर्ब ४५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

    निर्यात २५ अर्बमा खुम्चियो 

    आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटेर २५ अर्ब ९ करोड रुपैयाँमा खुम्चिएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । त्यस्तै, यस अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्घि भई २६२ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ । 

    चियाको निर्यात बढ्दा अलैंचीको घट्यो 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार दुई महिनामा चियाको निर्यात बढ्दा अलैंचीको भने घटेको छ । 

    वस्तुगत आधारमा चिया, पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल, सोयाविन तेल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, जिंक शिट, पाम तेल, तयारी पोशाक, जडिबुटी लगायतका वस्तुको निर्यात घटेको हो ।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११.९ प्रतिशतले वृद्घि भएको छ । 

    वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, खाने तेल, रासायनिक मल, दूरसञ्चार उपकरण तथा पार्ट्स, लसुनलगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस.विलेट, धान तथा चामल, कच्चा पाम तेल, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

    आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, मेची, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २९ अर्ब ९३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ अर्ब १४ करोड बराबरको भएको थियो ।

    वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात १.२ प्रतिशत रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.१ प्रतिशत, ०.२३ प्रतिशत र ४५.६ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.७ प्रतिशत, पुँजीगत वस्तुको ८.६ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.८ प्रतिशत, ९.१ प्रतिशत र ३८.१ प्रतिशत रहेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार