images
images

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : आगामी तीन दिनसम्म देशभरको मौसम कस्तो रहला ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

    images
    images
    images
    images

    हाल मधेश प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    बिहीबार दिउँसो गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बिहीबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार दिउँसो दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    शनिबार राति कोशी प्रदेश, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    वर्षाको सम्भावना रहेको क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार