काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो प्राङगण (आँगन)मा साँढेको प्रतिमा स्थापना गरेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।
सेयर बजारमा बुल अर्थात् बढेको बजारलाई साँढेले र बियर अर्थात् घटेको बजारलाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्राङ्गणमा बन्ने भएको हो ।