images
images

अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य बढ्दा युरो सस्तियो, कुन देशको मुद्रालाई कति ?

अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य बढ्दा युरो सस्तियो, कुन देशको मुद्रालाई कति ?

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य बढ्दा युरो सस्तियो, कुन देशको मुद्रालाई कति ?

    काठमाडौँ / आज (बुधबार) अमेरिकी र अष्ट्रेलियन डलरको भाउ बढ्दा युरोलगायतको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिद मूल्य १३४ रुपैयाँ २३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

    images
    images
    images
    images

    यसअघि एक अमेरिकी डलरको खरिद मूल्य १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा कायम भएको थियो। 

    यसैगरी, युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९९ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

    स्वीस फ्रयाङ्क एकको खरिददर १५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा पर्नेछ । 

    क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

    त्यस्तै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

    यसैगरी, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा पर्नेछ । 

    त्यस्तै, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपैयाँ ०२ र बिक्रीदर ३५७ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार