images
images

साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • साफ वुमन्स च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

    काठमाडौँ / साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । साफ माहिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपाल र भारतबीच 
    आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो।

    images
    images
    images
    images

    ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरेका थिए । भारतका एक खेलाडीको प्रहार बारमा लागेर फर्किएको थियो भने थप एक प्रहार नेपालकी गोलरक्षक अन्जना राना मगरले रोकेकी थिइन् । 

    निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। यसअघि खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । 

    त्यसलगत्तै नेपालले गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन्। त्यसपछि विवाद हुँदा खेल केही समय रोकिएको थियो । 

    रोकिएको खेल सुरु हुनासाथ नेपालको तर्फबाट सावित्रा भण्डारीले गोल गरेपछि खेल बराबरी भएको थियो । थप गरिएको समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ४(२ गोलले भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। 

    नेपालले उपाधिको लागि बंगलादेशसँग भिडन्त गर्नेछ। आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार