काठमाडौँ / उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको प्राथमिकता नीतिगत सुधार गरी गैरआवासीय नेपालीले लगानी भित्राउनको लागि विभिन्न ऐन संसोधन गरिएको बताएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको एनआरएन दिवस र वार्षिक साधारणसभाको नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण सत्रमा सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्राथमिकता बारम्बार स्पष्ट पारेको बताउँदै लगानीको ढोका खुल्ला रहेको उल्लेख गरे ।
“नेपालमा जलविद्युत, सूचना प्रविधि, उत्पादनमूलक उद्योगलगायतका क्षेत्र अवसर रहेको छ,” उनले भने, “अहिले सरकारले एनआरएनएलाई जति प्राथमिकता दिएको पछि नदिन सक्छ । अहिले नै आउनु पर्छ ।”
नेपालमा उत्पादन मुलक उद्योग सञ्चालन गरेर छिमेकी मुलुकमा निर्यात गर्न सक्ने बताए । उद्योग मन्त्रालयले नेपाली वस्तु विदेशी बजारमा पहुँच पु-याउन निर्यात सम्मेलन गर्ने जानकारी दिए ।