images
images

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा टाटा एलपिओ ०१६२२/६२ बिएस६ मग्न बस हस्तान्तरण, केके छन् यसका विशेषता ?

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा टाटा एलपिओ ०१६२२/६२ बिएस६ मग्न बस हस्तान्तरण, केके छन् यसका विशेषता ?

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा टाटा एलपिओ ०१६२२/६२ बिएस६ मग्न बस हस्तान्तरण, केके छन् यसका विशेषता ?
    images
    images

    काठमाडौँ / नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि.लाई ०१६२२/६२ बिएस६ मग्न बसहरू हस्तान्तरण गरेको छ । कम्पनीले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न उक्त बसहरू हस्तान्तरण गरेको हो । 

    त्रिशक्ति पशुपति दर्शन यातायात पश्चिम नेपाल बस ब्यवसायी र भेरी यातायात जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो। कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउनेछ। 

    कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरू अझै बढाउने सोच रहेको जनाएका छन् । ०१६२२/६२ बिएस६ मग्न बसमा अत्याधुनिक प्रविधि र बिएस६  मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। 

    यसमा भएको विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ।

    BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ।

    सिप्रदी ट्रेडिङ्गका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने, “अत्याधुनिक BS6 इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी MAGNA गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ।"

    यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क रहेको थियो।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार