काठमाडौँ / ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि बनाइएको नयाँ अनर एक्स सेभेन सी फोरजी बजारमा ल्याउने भएको छ । टिकाउपन, लामो ब्याट्री क्षमता, र उत्कृष्ट फोटोग्राफी विशेषतासहित बलियो र किफायती अनुभव दिने उक्त यो स्मार्टफोन बजारमा आउन लागेको हो ।
अनर एक्ससेभनसी फोरजीमा फाइभ-स्टार ड्रप रेजिस्टेन्स र एसजिएस प्रिमियम परफर्मेन्स सर्टिफिकेसन (Drop & Crush Resistance) रहेको छ, जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ।
आइपि६४ रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ, जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ। अनर एक्स सेभेनसी फोरजीमा ६०००mAh को सुपर टिकाउ ब्याट्री छ, जसले २८.५ घण्टा सम्मको स्ट्रिमिङ वा २१.५ घण्टा सम्मको भिडियो प्लेब्याक समय प्रदान गर्दछ।
यसमा रहेको 35W अनर सुपरचेन्ज टेक्नोलोजीले चार्जको चिन्ताबिना तपाईंलाई जडित राख्छ।
साथै, १०८ एमपि एआई क्यामेरा प्रणालीले उत्कृष्ट फोटोग्राफी, २५६ जिबी इन्टरनल स्टोरेज र र्याम टर्बो टेक्नोलोजीले सहज मल्टिटास्किङ, र TÜV Rheinland लो ब्लू लाइट सर्टिफिकेसनसहित ६.७७ इन्चको इमर्सिभ डिस्प्ले प्रदान गर्दछ।